एनएसएलको उपाधि रक्षा गर्ने दाउमा ‘ललतिपुर सिटी’

आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्स भिड्दै

काठमाडाैं | बैशाख ७, २०८२

एनएसएलको उपाधि रक्षा गर्ने दाउमा ‘ललतिपुर सिटी’

काठमाडौं:   डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।

 

शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीले धनगढी एफसीलाई २–१ ले हराउँदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो ।

 

फाइनल प्रवेश गरेसँगै ललितपुर उपाधि रक्षा गर्ने दाउमा छ ।

 

खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । यद्यपी ललितपुरको जीतमा खेलको ५७ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई बेलफोर्टले गोलमा परिणत गरिदिए ।

 

यता धनगढीका लागि ६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे । र खेल बराबरीमा फर्कियो ।

 

निकै प्रतिस्पर्धात्मक बनेको  खेलको ७९ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्याे । पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए ।

 

चार डिफेन्डरले उनलाई रोक्न सकेनन् । करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो । उक्त गोल नै निर्णायक बन्यो ।

 

आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ । धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्